संविधान संशोधनमा कांग्रेसको पूर्ण समर्थन-सभापति देउवा

अदालत

काठमाडौं। लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भएको भन्दै यसलाई प्रतिपक्ष दलले पूर्णरुपले संविधान संशोधनमा समर्थन गरेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छन्।

देउवाले केन्द्रीय कार्यसमितिबाटै सर्वसम्मतरुपले नेपाली भूमि फिर्ता ल्याउनका लागि निर्णय गरेको बताए। शनिबार प्रतिनिधिसभा बैठकमा संविधान संशोधन प्रस्तावको दफावार छलफलका क्रममा बोल्दै उनले भारतसँग कूटनीतिक पहल गरी नेपाली भूमि फिर्ता ल्याउनका लागि विशेष भूमिका खेल्नेपनि बताए।

देउवाले कोरोनालगायतका गम्भीर विषय उठाउनुपर्ने भएपनि अहिले संसद बैठकमा भने नउठाउने बताए।

अन्य सम्बन्धित समाचार:  राष्ट्रियसभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै