राष्ट्रियता कसैको एकलौटी हुनसक्दैन-राजेन्द्र महतो

काठमाडौं। समाजवादी पार्टीका नेता राजेन्द्र महतोले आजको प्रस्ताव महत्त्वपूर्ण भएको बताएका छन्। सयौं हजारौं पटक बैठक बसेको भएपनि आजको बैठकलाई जनताले ध्यान लगाएर हेरिरहेका उनले बताए। ‘आज राजनीतिक दलले के भन्दैछन् भनेर जनताको ध्यान छ’, उनले भने, ‘आजको बैठक ऐतिहासिक हो।’

आजबाट राष्ट्रिय एकता र राष्ट्रियताको नयाँ व्याख्या गर्नु जरुरी भएको उनले बताए। ‘राष्ट्रियताको सवाल पनि एकलौटी छ। त्यो मधेसीले पनि राष्ट्रियताको कुरा गर्छ र भनिन्छ। राष्ट्रियता एकलौटी हुनसक्दैन’, उनले भने।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट संसद सचिवालयका उपसचिव खनालको मृत्यु