नेपालको संविधान (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मत पारित

काठमाडौँ। नेपालको संविधान (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मत पारित भएको छ। प्रतिनिधि सभामा संशोधनको पक्षमा २५८ मत परेको छ। विपक्षमा शून्य मत परेको छ। अब विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएपछि कार्यान्वयनमा आउनेछ। त्यसपछि नयाँ निशान छापमा फेरबलद हुनेछ।

दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट पारित गरिएको हो।

अन्य सम्बन्धित समाचार:  माधव नेपाललाई आफ्नै पक्षका नेताको प्रश्नः बादलसहितको बैठकमा किन बसेको?