दाङको क्वारेन्टिनमा बसेका प्यूठानका एकजनाको मृत्यु

दाङ। 

दाङको क्वारेन्टिनमा बसेका प्यूठानका एकजनाको मृत्यु भएको छ। उनी प्यूठानको माण्डवी गाउँपालिका वडा नम्बर वडा नम्बर ४ आँपचौरका १८ वर्षीय युवा हुन्। १२ जेठमा भारतबाट आएर दाङको बंगलाचुली गाउँपालिका–६ स्थित क्वारेन्टिनमा बसेका उनी तीन दिन देखि अस्वस्थ थिए। उनलाई स्वास प्रश्वासमा समस्या हुने, नाकबाट सिंगान बग्ने र बान्ता गर्दा रगत आउने समस्या देखिएको थियो।

बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तवहादुर ओलीले समयमै उपचार नपाउँदा मृत्यु भएको बताँउदै ति बिरामीलाई बेलझुण्डि स्थित कोरोना बिशेष अस्पतालमा उपचारका लागि लगिएको बताए। तर अस्पतालले उनलाई भर्ना गर्न नमानेको उनले बताए।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उपचार सम्भव नभएको भन्दै अध्यक्ष ओलीले ति बिरामीलाई शनिबार बुटवल पठाउन लाग्दा बिरामीको बाटोमै मृत्यु भएको जानकारी दिए। मृत्यु भएका व्यक्तिको स्वाब ८ दिन अघि लिईसकिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको स्वाब परिक्षणको क्रममै छ।

अन्य सम्बन्धित समाचार:  राजीनामा दिने एमाले सांसदलाई उपनिर्वाचनमा जिताउने कांग्रेसको वचन