कतारबाट फर्किन ईच्छुक पाँच हजार कामदारको सूची सार्वजनिक

कतार। नेपाली राजदूतावास दोहाले कतारबाट नेपाल फर्किन ईच्छुक रहेका ५ हजार १ सय १२ जना नेपालीहरुको पहिलो सूची सार्वजनिक गरेको छ। कोरोनाको कारण वैदेशिक रोजगारका चर्चित गन्तव्यहरुमा आर्थिक र स्वास्थ्य संकट गहिरीएपछि ठूलो संख्यामा नेपाली कामदारहरु अब स्थायी रुपमै नेपाल फर्कन ईच्छुक रहेको कतारस्थीत पत्रकार योगी योगेन्द्रले उल्लेख गरेका छन्।

उनले भने, “कतिपय श्रमिकहरु अब स्वदेशमै केही गर्ने योजना बनाएर देश फिर्न खोज्दैछन्, यहाँ कंम्पनीहरुको अवस्था खस्कदै गएपछि धेरै नेपाली घर फर्कने दिन गनेर बसेका छन”, योगीले बताए।

त्यसो त यसअन्र्तगत पहिलो चरणमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण कतारमै रोकिएका नेपालीहरुलाई प्राथमिकताको आधारमा स्वदेश फर्काउने दूतावास गृहकार्यमा रहेको छ।

अन्य सम्बन्धित समाचार:  माओवादीले सरकारको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा

त्यस्तै राजदूतावासले आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानु पर्ने, सुत्केरी तथा गर्भवती महिला, कोभिड–१९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अध्ययन समाप्त भएका विद्यार्थी (इन्टर्न समेत), पारिवारिक पुनर्मिलनका लागि आएका, पर्यटक तथा व्यापारिक भिसामा आएकालाई प्राथमिकतामा राखेको छ।

त्यस्तै श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका, कतार आईडी र भिसा समाप्त भएका वा आईडी रद्द भएका, बेतलबी बिदामा रहेका पनि प्राथमिकता परेका छन्।