साउदीबाट जुन १५ मा हुने भनिएको उडान स्थगित

योगेन्द्र योगी 

दोहा : साउदी अरबबाट आगामी जुन १५ का दिन हुने भनिएको हिमालय एयरलाइन्सको उडान स्थगित भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार वायुसेवाको नयाँ उडान र मिति तथा नयाँ हवाई भाडादरका बारेमा अर्को सूचना प्राप्त हुनासाथ जानकारी दिइने जनाएको छ।

हवाई उडानका लागि आवश्यक पर्ने पिसिआर वा आरडीटी जस्ता स्वास्थ्य सम्बन्धी परीक्षण पनि हाललाई नगर्न अनुरोध गरिएको दूतावासले जनाएको छ। 

यस अघि दूतावासले साउदीबाट जुन १५ देखि १८, १९ र २४ मा उडान हुने दूतावासले जनाएको छ। तत्कालको लागि साउदीको  रियाद, दमाम,जेद्धा शहरबाट चार्टर उडान मार्फत स्वदेश फर्कन सकिने जनाएको थियो। 

दूतावासका अनुसार तत्काल २५ सय भन्दा बढि नेपालीलाई स्वदेश फर्काउनु पर्ने अवस्था छ भने १० हजारभन्दा बढीले स्वदेश फर्कन पाऊ भन्दै फारम भनेको दूतावासले जनाएको छ। साउदीमा करिब  तीन लाख बीस हजार नेपाली कामदार कार्यरत रहेका छन्।

 

अन्य सम्बन्धित समाचार:  खाडीलगायतका देशमा रहेका नेपाली राजदूतबीच छलफल