कोरोना संक्रमितको मृत्यु

गुल्मी। गुल्मीमा एकजना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको आइसोलेसनमा उपचारका क्रममा गएराति मृत्यु भएको हो।

उनको स्वास्थ्य गम्भीर हुँदै गएपछि यसअघि उपचारमा संलग्न स्वास्थ्यकर्मीले नै रगत दिएकी थिइन्। २ वर्षदेखि आन्द्राको क्यान्सरबाट पनि पीडित भएकाले उपचार कठिन भएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन्।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको छ। उनी भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए।

संक्रमण पुष्टि भएपछि उनले जेठ १३ गतेदेखि तम्घासमा रहेको आसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो।

 

अन्य सम्बन्धित समाचार:  डब्ल्यूएचओले स्वीकार गर्यो– कोरोना भाइरस हावाबाट सर्छ