पर्सामा १७ जना सङ्क्रमित थपिए

श्याम गुप्ता ,
वीरगन्ज ।  पर्सा जिल्लामा आइतबार बिहान मात्रै १७ जनामा कोभिड–१९ संक्रमित पुष्टि भएको छ।  वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा भएको पिसिआर परीक्षणको रिपोर्टमा १७ जनामा पोजिटिभ देखिएको हो।

सङ्क्रमित हुनेहरूमा पोखरिया क्वारेन्टाइनका १० , बिन्दवासिनी क्वारेन्टाइनका २ , जिराभवानी क्वारेन्टाइनका १ , धोबिनी क्वारेन्टाइनका १ , पर्सागढी क्वारेन्टाइनका १ र पटेर्वा सुगौली क्वारेन्टाइनका २ जनामा कोभिड–१९ सङ्क्रमित पुष्टि भएका हुन्‌।

१७ जनामा पुरुष १४ जना र महिला ३ जना रहेका छन्। उनीहरूको जेठ २५ र २६ गते स्वाब सङ्कलन गरिएकोमा आइतबार बिहान रिपोर्ट पोजिटिभ देखिएको हो।

पर्सा जिल्लामा ३६ क्वारेन्टाइन केन्द्रमा एक हजार ६ सय ७२ पुरुष र एक सय सात जना महिला गरी एक हजार सात सय ७९ जना रहेका छन्।

अन्य सम्बन्धित समाचार:  सरिता र काकुलाई पनि कोरोना संक्रमण पुष्टि

शनिवार सम्म पर्सा जिल्लामा ४९ हजार ९ सय ३५ जनाको स्वाब सङ्कलन गरिएकोमा पाँच सय ४२ जनाको नतिजा आउँन अझै बाँकी रहेको स्वास्थ्य कार्यालय पर्साले जानकारी दिएको छ।