कर्णालीमा थपिए ६९ नयाँ संक्रमित, कुल संख्या ९०० नाघ्यो

सुर्खेत। कर्णाली प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या ९ सय १५ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। नयाँ संक्रमितहरुमध्ये ४० जना सुर्खेत र २९ जना दैलेखका रहेका छन्। यस्तै उक्त प्रदेशमा हालसम्म ९१ जना निको भइसकेका छन् भने ३ जनाको मृत्यु भइसकेको छ।

अन्य सम्बन्धित समाचार:  कर्णालीमा माओवादीका दुई मन्त्री थपिए