पहिरोमा पुरिएर मृत्यु हुनेकाे संख्या पाँच पुग्यो

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

पर्वत।

गए राती पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेकाे संख्या पाँच पुगेकाे छ।पहिरोमा पुरिएका नौं जना मध्य राती नै तीन जनाको र आइतबार बिहान दुई जनाको शव भेटिएको हाे।

स्थानीय तुलबहादुर थापा र कमला बिकको घर पहिरोमा पुरिँदा नौ जना वेपत्ता भएका थिए। पहिरोमा पुरिएका तुलबहादुर थापाको घरमा पुरिएका थापा सहित नीलकुमारी थापा, दीपा थापा र विविशा थापा र कमला विकको शव भेटिएको प्रहरीले जनाएको छ।

कुश्मा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याका अनुसार बिहानसम्म पाँच जनाको शव भेटिएको र थापाको घरका दुई जना र बिकको घरका दुई जना अहिलेपनि वेपत्ता रहेका छन्  रातीपनि भिषण वर्षा भएको र अध्यारोका कारण खोजी कार्य गर्न कठीन भएकाले बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा खोजीकार्य जारी राखिएको अध्यक्ष पाध्याले बताए।

अन्य सम्बन्धित समाचार:  अस्पताल, अक्सिजन र जनशक्तिको अभाव हुन नदिन सर्वोच्चको आदेश

घरदेखि माथि ठुला ठूला बारी तथा समथर खरबारी रहेपनि पहिरोले सबै बगाएको छ।