प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको गाडी दुर्घटनामा मृत्यु

परासी। गाडी दुर्घटनामा परि प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको ज्यान गएको छ। आज बिहान ११ बजेको समयमा जिल्ला प्रशासन कार्यालय नवलपरासीको विपद व्यवस्थापन समितिको बैठकमा भाग लिन आउने क्रममा उनी चढेको गाउँपालिकाको लु.१. झ. ३७० नंम्वरको स्कारपियो खोलामा खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका अध्यक्ष शर्माको चिसापानी सामुदायीक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका ४ स्थित लक्ष्मी नगर पुलमा साइकल बचाउन खोज्दा उनी सवार गाडी पुलमा ठोकिएर खोलामा खसेको थियो।

बर्दघाट स्थित चिसापानीमा रहेको उनको शब पोष्टमार्टमको लागि पृथ्वीचन्द्र अस्पतालमा लैजान तयारी भैरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटाको उम्मेदवारी दर्ता