नयाँ नक्सा पारित भएको खुशीयालीमा दिप प्रज्ज्वलन (फोटो फिचर)

नयाँ नक्साका लागि ल्याइएको संविधान संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको स्वागतमा महोत्तरीको बर्दिबासमा जनसहयोगी युवा संजाल बर्दिबास र राष्ट्रिय युवा संघ नेपालले दिप प्रज्ज्वलन गरि खुशीयाली मनाएका छन ।

 


कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरी जारी गरिएको नेपालको नक्सा र संविधान संशोधनमार्फत नेपालको नयाँ नक्सा समावेश गरिएको निशान छाप परिवर्तन गरेको खुसीयालीमा म्याग्दीको सदरमुकामबेनीमा गरिएको दीप प्रज्ज्वलन ।

 

नेपालको वास्तविक नक्सा निशान छापमा समावेश गर्न प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित भएको खुशीयालीमा शनिबार तनहुँको दमौलीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर कमिटीको आयोजनामा दीप प्रज्ज्वलन गरिँदै।

प्रतिनिधिसभाको शनिबारको वैठकबाट नेपालको संविधान (दोश्रो) संशोधनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्सा अङकित निशान छाप दुई तिहाई बहुमतबाट पास भएको खुशियालीमा विराटनगरको जनआन्दोलन चौकमा दिप प्रज्ज्वलन गर्दै सर्वसाधारण ।

प्रतिनिधिसभाको शनिबारको वैठकबाट नेपालको संविधान (दोश्रो) संशोधनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्सा अङकित निशान छाप दुई तिहाई बहुमतबाट पास भएको खुशियालीमा विराटनगरको जनआन्दोलन चौकमा दिप प्रज्ज्वलन गर्दै सर्वसाधारण ।
राष्ट्रिय यूवा संघ र अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन मोरङद्वारा प्रतिनिधिसभाको शनिबारको वैठकबाट नेपालको संविधान (दोश्रो) संशोधनमा लिपुलेक, लिम्पियापुर र कालापानीसहित नेपालको नक्सा अङकित निशान छाप दुई तिहाई बहुमतबाट पास भएको खुशियालीमा विराटनगरको जनआन्दोलन चौकमा दिप प्रज्ज्वनल गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरु गुरु वराल, महेश रेग्मी, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, प्रदेश सभासदस्य सावित्रिकुमारी रेग्मी।
कालापानी र लिपुलेक सहितको नक्सा जारीका लागि संघीय सरकारले पारित गरेको संविधान संशोधनपछि जिल्ला सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा दीप प्रज्ज्वलन गर्दै बाजुराबासीहरु।