एमसीसी अनुमोदनको विषय टुंगाउने गरी नेकपाको सचिवालय बैठक बस्दै

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

काठमाडौँ। नेकपाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनको विषय टुंगाउने गरी  सघन छलफल सुरु गरेको छ। यसका लागि नेकपाले आज पार्टी सचिवालय बैठक बोलाएको छ। यसअघि जेठ २७ का लागि एमसीसीलाई मुख्य एजेन्डा बनाएर बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको थियो।

नेकपाले अब छलफलको मुख्य विषय एमसीसीलाई बनाएको पार्टी प्रवक्ता नारायाणकाजी श्रेष्ठले उल्लेख गरे। आजको बैठकमा नेकपाले गठन गरेको नेपाल सरकार र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसनसँग भएको सम्झौता (मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) र इन्डो–प्यासिफिक स्ट्राटेजी (आइपिएस)का सम्बन्धमा अध्ययन कार्यदलका सदस्य र अर्थमन्त्रीलाई पनि बोलाएइको छ।

कार्यदल संयोजक वरिष्ठ नेता झलनाथ खनाल सचिवालय सदस्य छन्। भीम रावल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली कार्यदल सदस्य छन् । यसबाहेक बैठकमा अर्थमन्त्री युवराज खतिवडालाई पनि बोलाइएको छ।

 

अन्य सम्बन्धित समाचार:  एमालेको स्थायी कमिटी बैठकमा के—के भयो छलफल?