बलिउड अभिनेता सुशान्तसिंह राजपुतद्वारा आत्महत्या

एजेन्सी। बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पासो लगाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निभाएका थिए। राजपुतले सन् २०१३ मा ‘काइपोचे’फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए।

अन्य सम्बन्धित समाचार:  माधव पक्षको बैठक— नयाँ सरकार गठनमा सरोकार राख्नुहुन्न