अव सजिलै काठमाडौं आउन नपाईने

काठमाडौं।
के तपाई अघिपछि जस्तै सहज तरिकाले काठमाडौं आउने सोचमा हुनुहुन्छ? त्यसो हो भने तपाईको चाहाना पूरा नहुन सक्छ। किनभने सरकारले अब काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्ने भएको छ।

लकडाउनलाई केही खुकुलो गर्दै निजी सवारीसाधनलाई केही खुकुलो पारेपछि भने उपत्यका प्रवेशमाम कडाई गर्न लागेको हो।

जिल्ला प्रशासन कार्यालय काडमाडौंले आइतबार प्रेस विज्ञप्ति मार्फत काठमाडौं उपत्यका आउन अब स्थानीय तहको सिफारिस अनिवार्य गरेको जनाएको छ।

यही जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार गृहमन्त्रालयको जेठ ३० गतेको निर्देशनअनुसार काठमाडौं उपत्यका प्रवेश र बाहिर जाने व्यवस्थामा फेरबदल गरिएको छ।

काठमाडौं उपत्यका आउनका लागि उपत्यकाभित्रको स्थानीय तहले आउन अनुमति दिएको सिफारिस अनिवार्य हुनुपर्ने नियम बनाइएको छ।

अन्य सम्बन्धित समाचार:  न्यायिक व्यक्तित्व गुमायौः सर्वोच्च

काठमाडौं उपत्यकाका स्थानीय तहले आउन अनुमति दिएको पत्रसहित आफू रहेको जिल्ला प्रशासनमा निवेदन दिनुपर्ने छ।

त्यसपछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजातसमेत विचार गरी यात्राको पास दिन सक्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ।

त्यस्तै काठमाडौं उपत्यकाबाहिर जान चाहने व्यक्तिले अत्यावश्यक काम खुल्ने कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिइने तथा संस्थागत कामका लागि बाहिर जानु परेमा संस्थाको सिफारिस चाहिने छ।