हवाई उडान असार २१ सम्म बन्द गर्ने निर्णय

काठमाडौं।

सरकारले हवाई उडान असार २१ सम्म बन्द गर्ने निर्णय गरेकाे छ। चैत ११ गतेबाट बन्द भएकाे हवाई उडान आगामी असार २१ गतेसम्म निरन्तर हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले असार २१ सम्म हवाई उडान सेवा स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएका हुन्। मन्त्रिपरिषदले गरेकाे निर्णयअुनसार आन्तरिक तथा बाह्य उडान असार २१ गतेसम्म बन्द हुने उनकाे भनाइ छ।

अन्य सम्बन्धित समाचार:  सगरमाथामा चीन तर्फबाट हुने आरोहण रद्द