अन्नपूर्ण पोष्टको सम्पादकमा अखण्ड भण्डारी चयन

काठमाडौं।अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकबाट सम्पादक हरिबहादुर थापाले राजीनामा दिएपछि अन्नपूर्ण मिडिया नेटवर्कले पत्रकार अखण्ड भण्डारीलाई सम्पादकको रुपमा भित्राएको छ। लकडाउनको समयमा कर्मचारीलाई मासिक तलव खुवाउन व्यवस्थापनले आनाकानी गरेपछि नैतिकताको आधारमा सम्पादक थापाले राजिनामा दिएको कुरा बाहिर आएको थियो। उनी बाहिरिएसंगै अन्नपूर्णले पत्रकार अखण्ड भण्डारीलाई सम्पादकको रुपमा भित्राएको छ। भण्डारी विगत लामो समयदेखि कान्तिपुर राष्ट्रिय दैनिकमा श्रृजनात्मक सम्पादकको रुपमा कार्यरत थिए।

अन्य सम्बन्धित समाचार:  भक्तपुरमा बजार अनुगमन