जुम्लाको हिमा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

देवी कृष्ण अधिकारी, जुम्ला।

जुम्लाको हिमा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। जेठ १० गते देखि गाउँपालिकाको ७ वटै वडामा रोजगार कार्यक्रम सुरु भएको हो। जुम्लामै पहिलो पटक हिमा गाउँपालिकाले वडा न १ को बड्कीमा आरसीसी गोरेटो बाटो, वडा न २ मा वडा कार्यलय जाने पक्की बाटो, वडा न ३ को भैरव आधारभुत बिद्यालय देखि कल डाइना सम्म गोरेटो बाटो , वडा न ४ को कुडु गाउँमा ढल निकास, वडा न ५ मा बाजा गाड गाउँमा सडक निर्माण , वडा न ६ मा बालुवा देखि मुल्का भिड सम्म ग्रामीण सडक र वडा न ७ मा धाचु गाउँको दलित बस्तीमा ढल निकासको काम सुरु गरिएको हिमा गाउँपालिकाका रोजगार संयोजक दिपेन्द्र पौडेलले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  संक्रमितको जीवन बचाउनका लागि संयन्त्र परिचालन गर्न सुझाव

रोजगार कार्यक्रम अन्तर्गत गाउँपालिकाको रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचिकृत भएका १७८५ मा पहिलो चरणमा १७१ जनाले रोजगार पाएको संयोजक पौडेलले बताए। रोजगारको काममा सहभागी ब्यक्तिलाई प्रति दिन रु ६५० का दरले दैनिक ज्याला उपलब्ध गराइने गाउँपालिका अध्यक्ष रज बहादुर शाहीले जानकारी दिए। कोरोना भाइरस महामारीका कारण आयआर्जन गर्न नसकेका अति विपन्न परिवारलाई रोजगार कार्यक्रमले थप राहत पुग्ने अध्यक्ष शाहीले बताए।