कोभिड–१९ परीक्षणको अनुमती नीजि प्रयोगशालालाई पनि दिइने

काठमाडौँ। नेपालमा कोभिड–१९ को स्वाब परीक्षणको अनुमती नीजि प्रयोगशालालाई पनि दिइने भएको छ। संक्रमण दर बढ्दै गएपछि सहजताका लागि उक्त निर्णय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

साथै यात्रा गरेर आउदा जाँच गरिहाल्नु पर्ने प्रावधान निर्देशिकामा नरहेको र निर्देशिका विपरीत काम नगर्न स्वास्थ मन्त्रालयले अनुरोध गरेको छ। जहिले पायो त्यहिले र जोलाई पायो त्यो लाई परीक्षण गर्दा स्रोत साधनको दुरुपयोग हुने मन्त्रालको ठहर छ।

अन्य सम्बन्धित समाचार:  डब्ल्यूएचओले स्वीकार गर्यो– कोरोना भाइरस हावाबाट सर्छ