महिला जनप्रतिनिधिः जसले महामारीमा समाज मात्र भनिन्

 

देवराज सुवेदी, सिन्धुपाल्चोक।  

पहिला कमैलाई थाहा भएको भएपनि अहिले क्वारेन्टाइन के हो भन्ने  सबैलाई थाहा भएको छ। अहिले हरेक स्थानीय तहले आ–आफ्नो हिसाबले क्वारेनटाइन बनाइरहेका छन्। कतिपय ठाउँमा क्वारेन्टाइन व्यवस्थापनका लागि छुट्टै संयन्त्र परिचालन गरिएको छ भने कतिपय ठाउँमा निर्वाचित जनप्रतिनिधिहरू दिनरात नभनी क्वारेन्टाइन व्यवस्थापनमा लागेका छन्। यसको गतिलो उदाहरण हो मेलम्ची नगरपालिका।

नगरपालिकामा रहेको क्षेत्रीय क्वारेनटाइनमा आसपासकाअन्य ४ वटा स्थानीय तहका शङ्कास्पद बिरामी राखिन्छ। मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका र इन्द्रावती गाउँपालिका गरि चार वटा पालिकाका कोरोना भाइरस कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखा परेका र सङ्क्रमण फैलिएको जिल्लाबाट आएकाका साथै मुलुक भारत लगायत अन्य तेस्रो मुलुकबाट आएका ब्यक्तिहरूलाई राखिन्छ।

क्वारेन्टाइन भन्नाले कुनै रोगको सङ्क्रमण फैलन सक्ने अवस्थालाई आँकलन गरी उक्त सङ्क्रमित इलाका वा सङ्क्रमितको सम्पर्कमा रहेका आवास, होटलमा रहेका सम्भावित जोखिम भएका व्यक्तिलाई बाह्य सम्पर्कबाट छुटाई तोकिएको स्थान वा घरमा कम्तिमा  रोग लागे देखि रोगले लक्षण देखाउँदा सम्मको अवधिसम्म छुट्टै राख्ने अवस्थालाई जनाउँछ।

कोरोना भाइरसको सङ्क्रमणबाट लाग्न सक्ने रोगबाट शङ्कास्पद व्यक्तिहरूलाई कम्तिमा १४ देखि १७ सुरक्षित र व्यवस्थित  तरिकाले राख्ने व्यवस्थालाई क्वारेन्टाइनमा राखिएको हामी सबैलाई विदितै छ ।

तर, कोरोना अघि स्थानीय तहले यस्तो प्राविधिक विषयमा काम गरेका थिएन। त्यसैले एकदमै प्राविधिक विषय, क्वारेन्टाइन कसरी बनाइन्छ र कसरी चलाइन्छ? भन्ने ज्ञान थिएन। त्यसैले यो अवस्थाले प्रत्येक स्थानीय तह वा सके प्रत्येक वडामा जनस्वास्थ्य विज्ञको आवश्यकता भन्ने पाठ सिकाएको छ।

नेपाल सरकारले जारी गरेको कोरोना भाइरसको क्वारेन्टाइन सम्बन्धी सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड अनुरूप काम होस भन्ने चाहेको छ। हो, नेपाल सरकारले हरेक पक्ष समेटेर सञ्चालन तथा व्यवस्थापन गर्न ७ पृष्ठ लामो मापदण्ड जारी पनि गरेको छ।

कतिपय ठाउँहरूमा मापदण्ड एकातिर र बनेका क्वारेनटाइनहरु अर्कातिर छन्। त्यसको अनुगमनको पाटो कमजोर देखिएको छ। क्वारेन्टाइन व्यवस्थापनको प्राविधिक ज्ञान भएका जनप्रतिनिधि नभएपनि महामारी फैलिन नदिनका लागि गर्दै र सिक्दै  अगाडि बड्नुको विकल्प छ्रन्।

कोरोना महामारीकोे परिस्थितिमा पनि मेलम्ची नगरपालिकाको क्वारेनटाइन व्यवस्थापनमा ब्यस्त उपप्रमुख भगवती नेपाल यतिबेला कोरोना सङ्क्रमण आफ्नो पालिकामा भित्रिन नदिनका लागि अपनाउन पर्ने उपायहरु खोजिमै तल्लिन छिन्।

सिन्धुपाल्चोकका नगर तथा गाउँपालिकाका धेरैजसो उपप्रमुखहरु सरकारले जारी गरेको लकडाउनको सुरुको चरणदेखि नै घर बाहिर निस्केका छैनन्। अधिकांश उपमेयर र उप्रमुखलाई कोरोना रोकथामको हरेक गतिविधिमा कमै देखिएका छन्। कतिपय गाउँपालिकाका अध्यक्षहरु नै उपप्रमुखको विषयमा जानकारी नै नभएको बताउँछन्। तर मेलम्ची नगरपालिकाकि उपमेयर नेपाल भने फरक देखिएकी छिन्। विपद्को बेला कसरी काम गर्नेभन्ने गतिलो पाठ उनीबाट सिक्न सकिन्छ।

उपप्रमुख नेपाल कोरोना भाइरस सङ्क्रमण नियन्त्रण र उपचारका लागि सञ्चालन गरिएका गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी छिन्।

उनी नगरपालिकाको क्षेत्रीय क्वारेन्टइन निर्माण, व्यवस्थापन र कोभिड–१९ विरुद्ध हुने सवैजसो गतिविधिमा सुरुदेखिनै सहभागि छिन्। क्वारेनटाइन व्यवस्थापनमा मात्र होइन नगरपालिकाका हरेक गतिविधिमा उनको भुमिका महत्वपुर्ण छ। नगरभित्रका महिलाको स्वास्थ्य अवस्था तथा कोभिडले नगरमा निम्त्याएका समस्याहरुको लेखाजोखामा समेत उपमेयरको सहभागिता छ।  लामो समयदेखि समाजसेवामा लाग्दै अनुभव बटुल्दै संघर्ष गरेर आएकै भएर होला उपप्रमुखको जोश अझै युवा अवस्थाकै छ।

कपाल फुलिसके, उमेर पनि पाको भइसक्यो। तर उनको काम गर्ने तरिकामा भने जोसिलोपन कायमै छ। उनी क्वारेन्टाइन व्यवस्थापन मात्रै होइन नगरपालिकामा आउने काममा दिनभर व्यस्त रहने गछिन्।

महत्वपुर्ण र आफैले नगरि नहुने काममा मात्र आफ्नो कार्यालयमा आउने अन्य स्थानियतहका उपप्रमुखहरुको लागि मेलम्ची नगरपालिकाकि उपप्रमुखको काम देख्दा अफ्ट्यारो महशुस हुनुपर्ने हो। महिला र पुरुष बराबरी हुन् भनेर भनिरहँदा जनता कोरोना संक्रमणको सन्त्रासमा बसेका बेला उपप्रमुखहरुको सक्रियता भने चित्त बुझ्दो छैन।

सिन्धुपाल्चोकको  बाह्रबिसेमा कोरोना सक्रमणबाट पहिलो सुत्केरी महिलाको मृत्युभएपछि सिन्धुपाल्चोकमा कोरोना भित्रिएको पुष्टि भयो ,र त्यसपछि मेलम्चीमा ४ जनामा कारोना सङ्क्रमण  देखियो। मेलम्ची क्वारेन्टाइनमा रहेकामा कोरोना देखिएपछि सबैभन्दा पहिला तिनिहरुको व्यवस्थापनका निम्ती उपप्रमुख नेपाल अघि सरिन।

अहिले नगरपालिकामा २ वटा क्वारेन्टाइन छन्। क्षेत्रीय क्वारेनटाइन मेलम्चीमा र बैकल्पिक क्वारेन्टाइन बाहुने पाटीमा। क्वारेन्टाइनमा रहेका सुत्केरी महिला र बच्चाका लागि थप खाना अन्र्तगत बिहान बेलुका एक एक गिलास दुध दिने गरेको उपप्रमुख नेपालले बताइन्। त्यस्तै आइसुलेशनमा बसेका हरुलाइ शक्ति बद्धर्कआयुवेर्दिक औषधि खवाउने गरेको समेत उपप्रमुख नेपालले बताइन्। महिलाहरुको लागि छुट्टै क्वारेन्टाइन बनाउन नपाएकोमा चिन्ता लागेको उनले सुनाईन्।

एक–दुई उपप्रमुख बाहेक जिल्लामा अन्यको सक्रियता न्यून छ। तर पनि जिल्लाको पाको उपप्रमुख नेपाल कार्यालय समयमा मात्र होइन साँझ विहान पनि काममै लागेको देख्दा सवैले खुशी मान्नुपर्छ। उनको काँधमा जति ठूलो जिम्मेवारी सुम्पिएको थियो व्यवस्थापनका लागि पनि त्यतिकै खटेको देखिएको छ। उनी क्षेत्रीय स्तरको क्वारेन्टाइन निर्माण समितिको संयोजक पनि हुन्।