कृषकलाइ ट्याक्टर

देवराज सुवेदी, सिन्धुपाल्चोक।   

मेलम्ची नगरपालिकाले नगरभित्रका वडाका कृषि सहकारीहरु मार्फत ६६ वटा हाते ट्याक्टर बितरण गरेको छ। ५० प्रतिशत अनुदानमा नगरले ३७ लाख लगानी गरी कृषकहरुलाइ ट्याक्टर वितरण गरिएको कृषि विकास शाखाका प्रमुख अमरनाथ आचार्यले जानकारी दिए।

बागमती प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाट ७० प्रतिशत अनुदानमा चार वटा ट्याक्टर नगर भित्रकै किसानहरुलाई पनि अनुदान परेको नगरपालिका इन्जिनियर जित बहादुर कार्कीले जानकारी दिए।

सम्बन्धित कृषि सहकारीका सञ्चालक र अन्य ट्याक्टर अनुदान पाएका कृषकलाइ ट्याक्टर वितरण गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले अब कृषकले पाएका हाते ट्याक्टर जतन गरी चलाउन र कृषि उत्पादनमा जोड दिन आग्रह गरे।

अन्य सम्बन्धित समाचार:  आगलागी पीडितलाई एकद्वार प्रणालीमार्फत राहत दिइने