बैतडीमा ८ दिनदेखि बेपत्ता युवक मृत फेला

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

बैतडी।
बैतडीको पुर्चौडी नगरपालिकामा ८ दिनदेखि बेपत्ता रहेका युवक मृत फेला परेका छन्। मृत फेला पर्नेमा पुर्चौडी नगरपालिका ३ खेतडुंगरीका २४ वर्षीय दिनेश बहादुर बोहरा रहेका स्थानीय अनिरुद्र जोशीले जानकारी दिए। दिनेशलाई स्थानीय कालोपौड जंगलमा रुखमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

ती युवक गत जेठ ३२ गते घरबाट स्थानीय जंगलमा काठ ल्याउन भनि गएका घरपरिवारले जनाएको छ। मृतक युवकका १ छोरा १ छोरी र १ श्रीमती रहेका छन्। प्रहरीको टोली अहिले घटनास्थलतर्फ गएको छ।

अन्य सम्बन्धित समाचार:  निर्मला पन्तका हत्यारालाई कानूनी दायरामा छिट्टै ल्याइने