भारतीय गाडीको ठक्करबाट वृद्धको मृत्यु

हेटौँडा।  भारतीय गाडीको ठक्करबाट मकवानपुरमा एक वृद्धको मृत्यु भएको छ। सोमबार साँझ मनहरिको सुनाचुरी भन्ने ठाउँमा भारतीय ग्यास बुलेटको ठक्कबाट पैदलयात्री ७३ वर्षीय जसबहादुर घिसिङको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भारतबाट एलपी ग्यास लिएर हेटौँडा हुँदै चितवनतर्फ जाँदै गरेको एनएल१एल २४७० नंको भारतीय ग्यास बुलेटको ठक्करबाट घिसिङको घटनास्थलमै मृत्यु भएको थियो। मृतक घिसिङ मनहरी–६ सुनाचुरीका स्थानीयवासी रहेको मकवानपुर प्रहरीले जनाएको छ।

ठक्कर दिने ग्यास बुलेट र सो बुलेटका चालक भारत मोतिहारी जगदाका ५६ वर्षीय विजय मिश्रलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधि सभाः हिउँदे अधिवेशन आइतबार सुरु हुँदै