मंगलबार ५३८ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमित संख्या १० हजार नाघ्यो

काठमाडौँ। नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। गत २४ घण्टामा मात्रै ५ सय ३८ जना नयाँ संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म २ हजार २ सय २४ जना निको भएर घर फर्किसकेका छन्। यस्तै मृत्यु हुनेको संख्या २४ पुगेको मन्त्रालयले जनाएको छ।

 

https://www.facebook.com/mohpnep/videos/1120665151642190/

अन्य सम्बन्धित समाचार:  कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ: डब्लुएचओ