भरतपुर। भरतपुरस्थित कोभिड प्रयोगशालामा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित देखिएकाहरु पाल्पाका रहेका भरतपुर अस्पतालले जनाएको छ।
बुधबार पाल्पाका २ सय ३४ जनामा गरिएको परीक्षणमा ९३ जनामा पोजेटिभ देखिएको हो। संक्रमितहरु पाल्पाका विभिन्न क्वारेन्टाइनमा बसिरहेको अस्पताले जनाएको छ।