चट्याङले सप्तरीमा चार जनाको मृत्यु

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

सप्तरी।

चट्याङले सप्तरीमा चार जनाको मृत्यु भएको छ। बिहीबार बिहान गर्जेको चट्याङ्का कारण जिल्लाका विभिन्न चार स्थानमा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ। महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले ज्यान गएको हो।

सप्तकोशी नदीमा नुहाउन जाँदा महदेवा गाउँपालिका वडा नम्बर २ का २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुरको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिएको पत्रकार शुभनारायण यादवले जनाएका छन्।

बिहानै खेतमा धान रोप्न जाँदा डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टीका एक महिलाको चट्याङ् लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीया ललितादेबी यादव रहेको भारतीले बताए।

अन्य सम्बन्धित समाचार:  नयाँ सत्ता समीकरण: ओलीलाई बिदा गरि पार्टीबाटै प्रधानमन्त्री चुन्न प्रस्ताव 

यस्तै, राजगढ गाउँपालिका वडा नम्बर २ बेल्ही चपेनामा खेतमा काम गर्न गएका ४६ वर्षीय केसी साहको पनि चट्याङ् लागेर मृत्यु भएको छ।