बागलुङमा बन्दाबन्दीले रोकिएको सडक निर्माणको काम धमाधम

सुवास आचार्य, बागलुङ।

प्रदेश सरकारको सहयोगमा असार लागेसंगै बागलुङ नगरपालिका भित्र सडक निर्माण हुन थालेको छ। कोभिड १९ लाई लक्षित गरि सरकारले झण्डै ३ महिना बन्दाबन्दी गरेको कारण प्रभावित बनेको बिकासको कामले बागलुङमा यतिबेला तिब्रता पाएको हो।

बागलुङ बजारको सिगाना हुँदै बरेङ–शान्तिपुर जोड्ने सडकमा बन्दाबन्दीमै धमाधम काम भइरहेको छ। सडकको कटिङ, ग्राबेलसहितको स्तरोन्नतिका लागि सङ्घीय सरकारले रु एक करोड तथा प्रदेश सरकारले रु एक करोड ५० लाख बजेट विनियोजन गरेको थियो।

सो रकमबाट बागलुङ नगरपालिका–३ बोक्से घुम्टीबाट वडा कार्यालयसम्मको झण्डै चार किलोमिटर सडकको स्तरोन्नति भइरहेको सडक अनुगमन समितिका अध्यक्ष लालबहादुर थापाले बताए।

लकडानका कारण जिल्लाका धेरै विकासका काम प्रभावित भए पनि एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गतको सडकलाई तीन खण्डमा विभाजित गरेर सडकको ग्याविन चिन्ने, पर्खाल लगाउने, पक्की नाली र सडक ढलान गर्ने कामसमेत भइरहेको बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष जिसीले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  लाइसेन्स छपाइको काम रोकियो

लकडाउन थपिँदै जाँदा विकास निर्माण प्रभावित हुन थालेपछि मौजुदा कामदारबाट सडक निर्माण थालिएको हो।