पाटन अस्पतालमा कोरोना सङ्क्रमित एक ५० वर्षीय पुरुषको निधन

ललितपुर।

ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) मा कोरोना भाइरस संक्रमणका कारण एक जनाको ज्यान गएको छ। अस्पतालमा उपचारको क्रममा एक ५० वर्षीय पुरुषको बिहीबार विहान ७ बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले नेपाली पत्रिकालाई जनाएको छ।

चितवन स्थायी घर भई ललिपुरको महालक्ष्मी स्थान डेरा गरि बस्ने ति पुरुषको पाँच महिना अघि मिर्गौंला प्रत्यारोपण गरिएको थियो। कोरोना संक्रमणको पुष्टि भएपछि उनको पाटन अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार हुँदै आएको थियो।

अन्य सम्बन्धित समाचार:  देशभर थप १२० जनामा कोरोना संक्रमण पुष्टि