काठमाडौं।
कोरोना संक्रमणको दर बढ्दै गएको छ। काठमाडौं उपत्यकामा आज एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअन्तर्गत काठमाडौंमा ४ जना, भक्तपुर जिल्लामा ४ जना, ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो।
काठमाडौंमा २ महिला, दुई पुरुष, भक्तपुरमा एक महिला, ३ पुरुष र ललितपुरमा एक जना पुरुषमा संक्रमण देखिएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराए।