कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा थप २५ जनामा कोरोना पुष्टि

  • देवी कृष्ण अधिकारी, जुम्ला

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीवार प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

संक्रमण पुष्टि हुनेमा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत २ जना स्वास्थ्यकर्मी, प्रतिष्ठानमा भर्नाभइ उपचार गराइरहेका १ जना बिरामी तथा कोरोना परिक्षणकालागी आएका अन्य २२ जना रहेको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ। संक्रमित सबैलाई प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ।

बुधबार बिहान प्रतिष्ठानमा कार्यरत ४ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रतिष्ठानमा कार्यरत सम्पुर्ण चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको पिसिआर परिक्षण गरिएको थियो।

कोरोना पोजेटिभ देखिएका ब्याक्तीहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको प्रतिष्ठानले जनाएको छ। संक्रमण देखिएका २५ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप १०७ जनामा कोरोना संक्रमण पुष्टि