सुवास आचार्य, बागलुङ।
यश वर्ष मौसमले साथ दिएपछि बागलुङ जिल्लामा मकै उत्पादन राम्रो भएको छ। नेपालको प्रमुख खाद्यान्न बालीको रूपमा रहेको मकैको उत्पादन यो वर्ष राम्रो भए पछि कृषकहरू हर्षित बनेका छन्। बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुले लगायत जिल्लाका अधिकांश भागमा यश वर्ष समयमा पानी परेको कारण गतवर्षको भन्दा मकै उत्पादन धेरै भएको कृषकको भनाइ छ। दिनहुँजसो पानी परेपछि यतिबेला खेती किसानी गर्ने कृषकलाई काम गर्न भ्याइनभ्याई भएको छ।
कोरोना भाइरस कोभिड १९ लाई लक्षित गरि देशमा बन्दाबन्दी भएपछि कोरोनाको कारणले गाउँ गाउँमा फर्किएकाहरू समेत यश वर्ष कृषि कर्ममा लागेका कारणले पनि मकैको उत्पादन बुद्धि बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुलेका नारायण सापकोटाले बताए।
मकै खेती मानिसले खान तथा पशु आहाराको लागी दानाको रुपमा प्रयोग हुने भएकोले वजार माग अत्याधिक रहेको कृषकको भनाइ छ। मध्य पहाडी क्षेत्रमा भिरालो जग्गा धेरै हुने भएकाले मकै खेती गर्ने गरिएको छ।
पहाडी क्षेत्रमा विभिन्न जातका मकै ठूलो परिणाममा खेती हुँदै आएको छ। यस्तो खेती बढ्दा उत्पादन निरन्तर बढेको कृषि अधिकारीहरूको भनाइ छ। मकै खेती उत्पादन हुने ठाउँमा समयमै मल, बिउ र पानी पुगेकोले मकैको उत्पादन बढेको कृषि ज्ञान केन्द्रको भनाइ छ।
जिल्लामा निर्वाहमुखी रूपमा मकै खेती हुँदै आएकोमा सरकारले कृषि र कृषकलाई दिगो रूपमा टिकाउने खालको नीति ल्याउन सकेको खण्डमा अहिले भइरहेको परनिर्भरता लाई केही हदसम्म भएपनि कम गर्न सकिने देखिन्छ।