वडाअध्यक्ष नै गाजा बनाउने सामग्री सहित पक्राउ परे

 

सुवास आचार्य, बागलुङ।

बागलुङमा एक जना वडा अध्यक्ष गाजा बनाउने १ क्विन्टल कच्चा सामाग्री सहित पक्राउ परेका छन्। जिल्लाको निसी खोला गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सूर्यबहादुर घर्तीलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको हो।

घर्तीको घर खानतलासी गर्दा ८६ किलो गाजा बनाउन प्रयोग गरिने कच्चा पदार्थ सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी राजेन्द्र प्रसाद रेग्मीले बताए। बिहीबार राति इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको टोलीले पक्राउ गरेको हो।

उनलाई जिल्ला ल्याउने तयारी भएको सूचना अधिकारी रेग्मीले बताए। बागलुङ जिल्लाका पश्चिम क्षेत्र गाजा उत्पादन गर्ने पकेट क्षेत्रको रुपमा परिचित रहेको छ। हाल सम्म प्रहरीले गाजा तथा चरेस बोक्ने भरिया पक्राउ गर्ने गरेको भएपनि मुख्य मालिक सम्म भने पुग्न सकेको छैन।