- विष्णु प्रसाद जोशी
गाउँ-घर संसद भवन अनि सहर सहर
लौ आयो कोरोना भगाउने जन्तर
सांसद, भुपू प्रमसम्मले घाँटीमा लगाए
छु मन्तरले कोरोनाको “भूत” भगाए
नसोच्नुहोस् यो जन्तर बेकार छ!
जन्तर लाग्दैन भन्ने के आधार छ?
नसोध्नुहोस् कसरी कोरोना मार्छ?
यसभित्र साक्षात् पीताम्बर बेसार छ!
जन्तर काम नगरे नि के नै बिग्रियो?
आए आँप गए झटारो नै त हो!
आच्छ्यु खाएँ बाच्छ्यु खाएँ झुसे बारुलो…
नाथे कोरोना हाच्छिउँ गरी उडाए भैगो!
गाउँ-घर संसद् भवन अनि सहर सहर
लौ आयो अब कोरोना भगाउने जन्तर!
विष्णु प्रसाद जोशी
खप्तडछान्ना ५ (पिठातोला), बझाङ
हाल: विद्यावारिधि (रसायन शास्त्र)
युनिभर्सिटी अफ म्यसाचुसेट्स, अमेरिका
Twitter: @BishnuJoshi999