कैलालीका एक कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन। कैलालीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। चितवनको भरतपुर अस्पतालमा कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको शनिबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ। शुक्रबार दिउँसोदेखि स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो।

उनी फोक्सोको क्यान्सरका विरामी भएको अस्पतालले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ।

शुक्रबार दिउँसोदेखि स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो।

असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो। उनी फोक्सोको क्यान्सरका विरामी थिए। बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरले भर्ना नलिएपछि उनी चितवन मेडिकल कलेज आएको कलेजको दावी छ।

अन्य सम्बन्धित समाचार:  भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले लगाए काेराेना विरुद्धकाे खाेप

चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो। यसअघि भरतपुर महानगरपालिका–११ का कोरोना संक्रमितको मृत्यु भएको थियो।