पूजा जि देशको भूगोल थाहा नहुनु तपाईँको कमजोरी हैन…..

ललितपुर।

एक टेलिभिजन कार्यक्रममा सोधिएको प्रश्नको सहि उत्तर दिन नसक्दा एक नेपाली नायिका लज्जित भइन् या गौरवान्वित त्यो त उनलाई नै थाहा होला। तरपनि नेपालका केही अभिनेत्रीहरुको अल्पज्ञानको कारण त्यसको असर समग्र कलाकारमा पर्नु राम्रो पक्ष हैन। जो पर्दामा अनुहार देखाएकै भरमा स्वघोषित सेलिब्रेटी भए भन्ने भ्रममा बाँच्छन्।

तिनलाई देशको भूगोल थाहा नहुनु र प्रदेशको यकिन नहुनु कुनै नौलो विषय हैन। त्यसैले नायिका पूजा शर्माको बारेमा सामाजिक सञ्जालमा देखिएको छेड मजाकको कुनै अर्थ देखिन्न। किनकी कर्कलो रोपेर आलुको आशा गर्न सकिन्छ र? त्यसो त प्रदेशको नाम भन्न नसक्नु नै त पनि तिनको सम्पूर्ण कमजोरी पनि नहुन सक्छ।

अन्य सम्बन्धित समाचार:  ‘कबड्डी–४’ ०७८ असोज १५ मा रिलिज हुने

भलै पूजा जि जे जस्तो भएपनि नेपालमा ७ वटा प्रदेश छन् भन्ने हेक्का चाहिँ राख्नु पर्यो है। नत्र हेर्नुस् त तपाईंले सामान्य ठानेको विषयले तपाईँकै कति धज्जी उडेको छ सामाजिक सञ्जालमा।