नेकपा स्थायी कमिटी बैठक १६ गतेसम्मका लागि स्थगित

काठमाडौं।
सीमा विवाद सम्बन्धी छलफल थाती राख्दै नेकपाको स्थायी कमिटी बैठक असार १६ गतेसम्मकोलाथि स्गगित भएको छ। असार १४ गते मदन जयन्ती र १५ गते धान दिवस परेकाले बैठक १६ गतेसम्मका लागि स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

बुधबारबाट सुरु भएको बैठकमा शुक्रबार र शनिबार दुई सीमा विवाद सम्बन्धी छलफल चलेको थियो। सीमा अतिक्रमण र गुमेको भूमि कसरी फिर्ता गर्ने भन्ने विषयमा स्थायी समिति सदस्यहरूले आफ्नो धारणा राखेका थिए। शनिबार २१ जनाले आफ्नो विचार राखेको र सबैले गुमेको भूमिसहितको नक्सा प्रकाशन गरी त्यसलाई संविधानको अनुसूचीमा राख्न संशोधन मार्फत सार्वभौमिकता र भूमि रक्षाका लागि ऐतिहासिक पहल भएको नेताहरूले बताएका थिए।

अन्य सम्बन्धित समाचार:  बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

भूमि फिर्ताका लागि समेत संविधान संशोधनमा जस्तै राष्ट्रिय एकताका साथ अगाडी बढ्नुपर्ने धारणा स्थायी समिति सदस्यहरुले राखेका थिए। शुक्रबारको बैठकमा उनुपस्थित भएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा केही समय सहभागि भएका थिए।