गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८५४ पुग्यो

काठमाडौं। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८५४ पुगेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणको क्रममा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नयाँ संक्रमण देखिएकाहरुमा नवलपरासीको देवचुली नगरपालिकाका ३४,२२ र २५ वर्षका तीन महिलाका साथै ३१, ३२ र ३२ वर्षका तीन पुरुष गरि ६ जनाका साथै पोखरा महानगरपालीकाका ३७,३५,४०,३० र ३३ वर्षका पाँच महिला गरि ११ जना रहेका छन्।

त्यसैगरि स्याङजा जिल्ला भिरकोट गाउँपालिकाका ३७ र ५३ वर्षका दुई पुरुषका साथै गल्याङ नगरपालिकाका २७,४२ र १७ वर्षका तीन पुरुष गरि जम्मा १६ जना संक्रमित भएका छन्। संक्रमित सवैजनालाई सम्वन्धीत जिल्लामा स्थापना गरिएको आइसोलेसन सेन्टरमा लैजाने तयारी भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका समितिका प्रवक्ता डा बिनोद विन्दु शर्माले जनाएका छन्।

अन्य सम्बन्धित समाचार:  जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई अमेरिकामा स्वीकृति