यातायातका नक्कली कागज बनाएर चोरीको धन्दामा सक्रिय गिरोह पक्राउ

  • इन्दु धामी, भीमदत्तनगर

कञ्चनपुर र सुदूरपश्चिम प्रदेश प्रहरीको संयुक्त टोलीले कैलाली र कञ्चनपुरबाट १२ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई नक्कली ब्लु बुक (सवारी दर्ता किताब) बनाएर चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा पक्राउ गरिएको हो।

सरकारी कागजात दर्ता गरि चोरीका मोटरसाइकलको नक्कली ब्लु बुक बनाउने यातायात व्यवस्था कार्यालय धनगढीका कर्मचारी सहित १२ जनालाई कञ्चनपुर प्रहरीले सोमबार सार्वजनिक गरेको छ।

यातायात कार्यालयकै सरकारी कर्मचारी अमान्य समाजिक अपराधमा संलग्न भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले चेकजाँचका क्रममा एउटै मोटरसाइकलका दुईवटा ब्लु बुक फेला परेपछि प्रहरीले खोजीकार्य अघि बढाउदा कैलाली कञ्चनपुरमा नक्कली ब्लु बुक बनाएर चोरीका मोटरसाइकल बिक्री वितरण गर्ने व्यक्तिहरू फेला परेको बताए।

कञ्चनपुर प्रहरी प्रमुख मुकुन्द मरासिनीका अनुसार ८ मोटरसाइकल, तिनका ब्लु बुक र १२ जनाको मानिस पक्राउ परेका छन्। ‘दुई जना सरकारी कर्मचारी, १० धन्दामा संलग्न व्यक्ति र ८ मोटरसाइकल सहित ब्लु बुक नियन्त्रणमा लिएका छौँ, ‘ उनले भने,  ‘थप चार मोटरसाइकल सम्पर्कमा आएका छन्।’

अन्य सम्बन्धित समाचार:  बझाङ: विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि धुली मावि बन्द

कञ्चनपुर प्रहरीले चोरी कार्यमा संलग्न यातायात व्यवस्था कार्यालय धनगढीका कम्प्युटर अपरेटर गणेश भट्टराई, कार्यालय सहयोगी जितेन्द्र राना, धनगढी उप महानगरपालिका ३ मिलनचोकका श्याम राना र बाँकी ९ जना कञ्चनपुरका युवकलाई पक्राउ गरि सार्वजनिक गरिएको छ।

कञ्चनपुरको लालझाडी गाउँपालिका ४ जाँईका बहादुर राना, राम दयाल राना, लालझाडी गाउँपालिका १ का रामविनास राना, बेदकोट नगरपालिका ६ सिसैयाका बहादुर राना, राज कुमार राना, हरेन्द्र राना, रामलाल राना, बेदकोट नगरपालिका ५ का प्रदिप राना र लक्ष्मी रानालाई पक्राउ गरेको हो।

सरकारी ‘कर्मचारी सहितको संलग्नता देखिएको छ, साथै ब्लुबुक र मोटरसाईकल समेत बरामद गरेका छौँ।  कञ्चनपुर प्रहरी प्रमुख मरासिनीले भने। नक्कली ब्लु बुक बनाएका मोटरसाइकल से ६प ६७४७, म२ प ७०७५, सुपप्र ००१०७ प ३५१२, सुपप्र ००१००७ प ३५७३, से६प २५८३, से२प ३७६५, से७प ३२७१, सुपप्र ०१००८ प ६७८२ नम्बरका मोटरसाइकल समेत सार्वजनिक गरिएका छन्। ‘

अन्य सम्बन्धित समाचार:  पशुपतिमा १०८ किलोको सुनको जलहरी राखियो

सरकारी कर्मचारी नै धन्दामा संलग्न भएको पाइएको छ, ‘कञ्चनपुर प्रहरी प्रमुख मरासिनीले भने, ‘किर्ते मुद्दा चलाउँछौँ, सवारी धनीले निवेदन दिए चोरीको समेत मुद्दा चलाउनेछौँ।’ बरामद गरिएको मोटरसाइकलको हुलिया, चेसिज नम्बर सहित सवारी धनी सम्पर्कमा ल्याउनका लागि देशैभरीकै ७७ जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिएको उनले बताए।

यस्तै सरकारी कार्यालयबाट नक्कली ब्लुबुक बनाएर व्यक्तिहरूले कैलाली, कञ्चनपुर सहित सुदूरका पहाडी जिल्लामा बिक्रीवितरण गर्दै आएको प्रहरीले जनाएको छ।