कृषि क्षेत्रमा युवाहरूको सहभागिता आवश्यक: छविलाल विश्वकर्मा

रूपन्देही ।

रूपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले किसानहरूको मेहनत र परिश्रमलाई सम्मान गर्नु पर्ने बताएका छन्। राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना दिदैँ विश्वकर्माले कृषि क्षेत्रको विकासले मात्र समृद्धिको यात्रा तय गर्न सकिनेमा जोड दिए। विश्वकर्माले अबको दिनमा निर्वाहमुखी भन्दा पनि व्यवसायिक कृषि उत्पादनमा लाग्नु पर्ने बताए।

नेपालका सबै खेतीयोग्य जमिनलाई उपयोग गर्न सकिए मात्र पनि खाद्यान्नमा आत्म निर्भर बन्न सकिने बताउँदै नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका विश्वकर्माले कृषि क्षेत्रमा युवाहरूको सहभागिता रहनु पर्ने धारणा व्यक्त गरे।

कोरोनाको महामारी जारी रहेको समयमा सलह किराको आक्रमण समेतलाई ध्यान दिदैँ कृषि कर्मलाई अघि बढाउन उनको आग्रह थियो। विश्व भरी नै कोरोनाका कारण गिर्दै गएको अर्थतन्त्रलाई उकास्न कृषि उत्पादनलाई वृद्धि गर्न सबैको जोड वल आवश्यक रहेको बताउँदै विश्वकर्माले कृषिमा हुने आत्मनिर्भरताबाट समृद्धिको यात्रा तय गर्न सकिने बताए।

विश्वकर्माले आ.व. ०७७र०७८ मा भौतिक पूर्वाधार तर्फ भैरहवा ,धकधई, परासी , भुमही सडक अन्तर्गत ढल निकास सहित सडक सुधार योजना धकधई पछि यस बर्ष बालापुर, बसन्तपुर, वैकुण्ठ पुर र सेमरहवामा काम अघि बढ्ने , त्यसै गरि सोही सडक खण्डलाई ४ लेनमा विस्तार गर्न यश बर्स विस्तृत सर्वेक्षण प्रतिवेदन तयार पारिने तथा अर्को वर्ष देखी काम शुरु हुने समेत बताए।