चुनरा जातिको परम्परागत पेशा संकटमा “हामरा समान कइले किन्दिन्या??”

 

भावना पौडेल, डडेल्धुरा।

झट्ट हेर्दा नै निकै रहर लाग्दा काँठका भाडा कुडा आजभोलि आधुनिकताको चेपोमा परेका छन्। परम्परागत सीप र प्रविधिको प्रयोग गरेर बनाइएको काठको ठेकी तस्वीरमा सीमित हुने हो कि भन्ने चिन्ता चुलिँदो छ।

कुनै समय निकै चलनचल्तीमा रहेका काठका कलात्मक भाँडाकुँडा हाम्रा अगाडि नहुनुमा एक त कालिगढको अभाव अर्को सस्ता प्लास्टिकका भाँडाको बढ्दो प्रयोग हो भन्न सकिन्छ। हिजोआजका युवापुस्ताले ति भाँडाहरुको न  प्रयोग देखे न उपयोगिता नै।

त्यसो त काठमा भाँडाकुँडा  बनाएर आर्थिक जोहो गरेर बाँचेकाहरूको परम्परागत पेशा प्रति युवा पुस्ताको नै आकर्षण नहुँदा पनि काठका भाडा हराउने तरखरमा छ। कुनै समय कलात्मक भाँडा कुडा बनाउने परिश्रमी हातहरू हिजोआज अरु नै काममा रमाउन थालेको छ।

डोटीको सायल गाँउपालिका– ३ गर्खा गाउँका चुनरा जातीको परम्परागत पेशा काठको मालसामान बनाएर बेच्ने थियो। गाउँघरमा अन्नपातसँग साट्ने थियो।

गाउँपालिकाको ३ नम्बर वडामा बस्ने चुनरा जातीको २० घरपरिवार छ। तर हिजोआज उनीहरूको यो पेशा सङ्कटमा परिरहेको छ। चुनरा जातीको पुर्ख्यौली पेशा काठबाट कलात्मक किसिमका भाँडाकुँडा बनाउने हो। पाका पुस्ताले काठका सामानबाट निर्मित सामग्री बेचेर जीवन चलाउँदै आएपनि अहिलेका युवा पुस्ताले यसप्रति रुचि नदेखाउँदा पेशा नै सङ्कटमा पर्ने हो कि भन्ने चिन्ता छ उनीहरूमा।

कुनै समय काठका ठेकी लगायत अन्य भाँडा कुडा उत्पादनको लागि डोटीको फायल गाउपालिका गर्खालाइ चिनिन्थ्यो। गर्खालाइ चिनाउने काठको ठेकी लगायतका अन्य भाँडा कुडा पछिल्लो समय भने भेटिनै मुस्किल पर्छ। ग्रामीण क्षेत्रका पशुपालक किसानले दूध जमाएर दही र मही बनाउन प्रयोग गर्ने गरेका परम्परागत ठेकी अहिले लोप हुने अवस्थामा पुगेको छ। अहिले गर्खा गाउँमा काठको ठेकी नपाउँदा स्थानीय कृषकहरू स्टिलको ठेकीमा दही जमाउन र मही पार्न बाध्य छन्।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक सुरु

पेशा नै सङ्कटमा

डोटीको सायल गाँउ पालिका–३ गर्खाका गणेश चुनराको पेशा नै कलात्मक भाँडा कुडा बनाउने हो। केहीबर्ष पहिले बनाएका भाँडा कुडा बिक्री तथा अन्नसँग साट्ने गर्दथे उनी। उनको दैनिकी गुजारा त्यही पेशाबाट चल्थ्यो। नौँ जनाको परिवार उनको सोही पेशाबाट बाँचेको थियो। काठको बिभिन्न सामान बनाउने कामबाट उनको दैनिकी सुरु हुन्थ्यो। र त्यहीबाट उनको साँझको एक छाक सहजै टथ्र्यो। “काठको भाँडा बनाएर मल्लो जातिका परिवारलाई दिन्छु। र उनीहरूबाट अन्न पानीको व्यवस्था सहजै हुन्छ।” उनले भने।

तर हिजोआज भने काठका भाँडा कुडा प्रति कसैले चासो अनि खरीद गर्न नआँउदा उनी चिन्तित छन्। आफ्नो समुदायको सीप र कला सङ्कटमा पर्ने भन्दै उनले पुर्पुरोमा हात राख्दै  सुनाए।  “काठको ठेकी सदरमुकाममा बिक्री हुँदैन, बढ्दो आधुनिकतासँगै हाम्रो पुर्ख्यौली पेसा नै लोप हुन थाल्यो।” उनले दुखेसो पोखे।’ बजारमा सस्तोमा कम टिकाउ हुने सामान सहजै पाइने भएपछि अन्य स्थानीयले काठको पुरानो सामान प्रयोग गर्न छाडेको प्रति उनी दुखी छन्।

उनी जस्तै अर्का प्रेम चुनराको दुखेसो पनि उस्तै छ। काठ खोप्ने, काट्ने र कलात्मक आकार बनाउने सीप उनी संगै छ। तर सिपको सदुपयोग नहुँदा भने यतीखेर उनी निराश छन्। “सिप त आफूसंगै थियो। तर, के गर्नु चलीआएका नयाँ डिजाइनका भाँडाकुडाले गर्दा यो पेशा लोप हुन थाल्यो। “उनले भने, ‘दूध दुहुन र दही राख्न बजारमा प्लास्टिक एवं स्टिलका भाँडा, ड्रम र बाल्टी आएपछि काठका ठेकाको प्रयोग ह्वात्तै घटेको छ।’

उनीहरुले पानी घट्टबाट ठेकी तथा काठका सामग्री कुँद्ने गरेपनि पछिल्लो समय यी सामग्री नै लोपहुने अबस्थामा पुगेको प्रती निकै चिन्तामा छन्। सोहि पेशाबाट परिवारको घर खर्च चलाउँनेहरुमा पेशा नै सङ्कटमा परेसंगै घरखर्च धान्न हम्मेहम्मे परेको छ।
पछिल्लो समयमा युवापुस्ताको रोजाईमा पनि यो पेशा पर्न नसक्दा सङ्कटमा परिरहेको छ। ठेकीलगाएतका भाँडा बनाउन लालीगुँरास, कटहर, खिर्र्रो लगायतका काठको प्रयोग हुन्छ। हिजोआज काठ कम पाइने भएकाले पनि काठका भाडा बनाउन सजिलो नहुने अर्का स्थानीय भिम बहादुर कामी बताउँछन्। परम्परागत पेशा युवा पुस्ताको रोजाइमा नपरेपछि सङ्कटमा पर्ने अवस्था आएको भन्दै उनले गुनासो समेत प्रकट गरे।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप, दोश्रो चरणको अभियान शुरु

काठ खोप्ने, काट्ने र कलात्मक आकार दिने सीपसिक्नुभन्दा वैदेशिक रोजगारी र अरु सजिला काममा युवा पुस्ताको आकर्षण बढेको हुनाले पनि पेशा हराउदै गएको उनले  सुनाए। काठका भाँडा बनाएर आम्दानी पनि कम हुने र काठ पनि लोप हुदै गएपछि यस प्रति युवा पुस्ताहरुको आकर्षण कम हुदै गएको उनको बुझाइ छ।

प्लाष्टिकको भाँडाकुडाले पेशा बिस्थापित

अहिले निकै चलनचल्तीमा बजारमा आएको प्लाष्टिकको भाँडाकुडाले पेशा बिस्थापित गरेकोमा उनीहरूको आपत्ती छ। बजारमा निकै आकर्षण देखिने प्लाष्टिकको भाँडाकुडाले गर्दा अहिले दुई छाक टार्नै मुस्किल भएको धेरैको दुखेसो छ। प्लाष्टिकका भाँडा बजारमा आउनु भन्दा पहिले काठका कलात्मक आर्कषक भाँडा कुडा निकै बिक्री हुन्थ्यो भने हिजोआज सुन्य छ। पेशा सङ्कटमा परेसंगै बालबच्चाको पढाई संगसंगै अन्य अती आवश्यकिय खर्चका लागी पनि मुस्कील हुने गरेको छ।

स्थानीय सरकारलाइ पेशा जोगाउन आग्रह

 मान्छेपिच्छेका अनेक आश्वसन दिएर निर्वाचीत जनप्रतीनीधीले  चुनाराहरुको पुर्ख्यौली पेशा सङ्कटमा परेको प्रति कुनै चासो नदेखाएको आरोप लाग्दै आएको छ। अहिलेका युवापुस्तालाई यो पेशामा आबद्ध गराउन नसकेपनि आफुहरुलाई भने यहि पेशामा टिकाइराख्न केही नयाँ योजना ल्याउनु पर्ने उनीहरूको माग छ।