वडाध्यक्षमाथि कार्यालयमै रड र लाठी प्रहार

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

दाङ।

दाङको शान्तिनगर गाउँपालिकाका वडाध्यक्षमाथि कार्यालयमै रड र लाठी प्रहार भएको छ। मंगलबार बिहान साढे ११ बजे वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि अज्ञात समूहले रड र लाठी प्रहार गरेर फरार भएको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी सुमित खड्काका अनुसार वडाध्यक्ष डाँगीको टाउको र हातमा चोट लागेको छ। १० जना जति समूहले कार्यालयमा प्रवेश गरी आक्रमण गरेको गाउँपालिका अध्यक्ष डाँगीले बताए। उनलाई अहिले तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा उपचारका गरि राखिएको छ।