ल्याबको लापरबाहीः जनकपुरमा कोरोना पोजेटिभ, हेटौडामा नेगेटिभ

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

बटुकनाथ झा, जनकपुरधाम।

जनकपुरधाममा स्थापित प्रयोगशालामा कोरोनाको रिपोर्ट गलत आएको छ। प्रादेशिक जनस्वास्थ्य कार्यालय जनकपुरमा कोरोना भाइरस संक्रमण पोजेटिभ भनिएको रौतहटका ५ जनाको हेटौँडामा जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयका ४ कर्मचारी र एक जना गैर सरकारी संस्थाकी कर्मचारी गरी ५ जनामै पोजेटिभ आएको भनेपछि पुनः स्वाब सङ्कलन गरेर रातारात बागमती प्रदेशको प्रयोगशाला हेटौंडामा जाँचका लागि पठाइएको थियो।

तर हेटौंडामा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण नभएको पाइएको छ। हेटौंडाको ल्याबमा अनुरोध गरेर तुरुन्तै परीक्षण गराउँदा आज ती पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ। यो घटनाले जनकपुर प्रयोगशालामाथि गम्भीर प्रश्न उठाएको छ। जनकपुर ल्याबको रिपोर्टपछि कन्ट्याक्ट ट्रेसिङ लगायतको काम शुरु गर्नुअघि पुनः अर्को ल्याबबाट परीक्षण गराएर हेर्ने निष्कर्षपछि हेटौंडामा परीक्षण गर्न पठाइएको थियो।

अन्य सम्बन्धित समाचार:  भारतमा एकै दिनमा थप १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु

संक्रमितको नजिकसमेत नपरेका र कार्यालयमा मात्रै काम गर्ने कर्मचारीको पोजेटिभ रिपोर्ट आएपछि शङ्का लागेर हेटौंडामा परीक्षण गर्न पठाएको प्रमुख साहले बताए। यसअघि समेत जनकपुरको ल्याबमा गलत रिपोर्ट देखाएपछि दुइपटक पोर्टेबल पिसिआर मेसिन बदलिएको थियो । तर यो रियल टाइम पिसिआर मेसिनले समेत गलत नतिजा देखाएको छ।