कोरोनाले सडकमै प्राण त्यागेकी महिलाको कथा

जि.एस. भट्टराई, दाङ।

घोराहीको ट्राफिक चौक वरपर यताउता गर्थिन् उनी। कोरोनाको कहरको बेला जसको नजरमा उनी परिन तिनले उनको गतिविधि नियाल्थे। तर धेरैको चासो र चिन्तामा परेकी थिइनन् उनी। दिउँसो मागेर खाने राती पेटीमा सुत्ने उनको दैनिकी जस्तै थियो। दिनभर पसल र घरमा मागेरै उनले भोक संगको लडाइ लडिरहेकी थिइन्।

सडक पेटीमा मागेर खानेहरूको बारेमा खासै वास्ता नहुने समाजमा ति महिलालाई चासो दिने पनि थिएनन्। कोरोनाको महामारीमा खासै कसैले उनको उद्धार र व्यवस्थापनमा ध्यान दिएन। उनी को हुन, कहाँकी हुन उनको अहिले सम्म पहिचान हुन सकेको छैन।

अन्दाजी ३०-३५ वर्षकी जस्ती देखिने ति महिला एक साता जति राम्रै अवस्थामा थिइन। तर एकाएक उनको अवस्थामा फेरबदल आयो। एकदिन उनी अचेत अवस्थामा सडकमै लडिरहेकी थिइन्। त्यसपछि प्रहरीको नजरमा परेकी महिलालाई घोराही उपमहानगरपालिकाको नगर प्रहरी र वडा प्रहरी कार्यालयले उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याए।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

घोराही उपमहानगरपालिका वडा नम्बर १५ ट्राफिक चौकमा बेवारिसे अवस्थामा भेटिएको महिलालाई प्रहरीले उद्धार गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएको थियो।

उपचारकै क्रममा तीन दिन पहिले ती महिलाको मृत्यु भयो। उनको स्वाव सङ्कलन गरियो।  रिपोर्ट पोजेटिभ आयो।
बेन्चमा सुतेको र स्वास फेर्न गाह्रो अवस्थामा देखेपछि प्रहरीले उद्धार गरेर अस्पताल पु¥याएको बताएको छ। ती महिलाको अहिलेसम्म नाम ठेगाना खुलेको छैन।

वडा प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक दिनेश रिमाल र घोराही उपमहानगरपालिकाको नगर प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक रुद्र पन्थीले सुरक्षित स्वास्थ्य सामाग्रीको प्रयोग गरेर ती महिलालाई उपचारका लागि अस्पताल सम्म पु¥याएको थियो।

अन्दाजी ३०-३५ वर्षको जस्तो देखिने महिला राम्रै अवस्थामा थिइन। कोरोनाको कारणले भन्दा पनि समाजको उपेक्षाको शिकारले उनलाई सडकमा पु¥यायो। तर सडकले पनि उनको गरिबीको मजाक उडायो। मान्छेहरूको भीडमा उनी फरक मान्छे बनिन् र मृत्युको मुखमा पुगिसकेपछि मात्र उनको बारेमा चासो गयो। के उनलाई बेलैमा उद्धार गर्न सकिएको भए उनको मृत्यु हुने थिएन की?