काठमाडौ। नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको संयुक्त आयोजनामा उक्त भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरूका लागि सुन, चाँदी, हीरा तथा सुनचाँदीका गरगहना परीक्षण सम्बन्धी तालिम मंगलबारबाट प्रारम्भ भएको छ। पाँच दिन सम्म सञ्चालन हुने तालिममा नौ जना कर्मचारीहरू सम्मिलित रहेका छन्।
तालिमको उद्घाटन गर्दै कार्यालय प्रमुख श्री शम्भु प्रसाद मरासिनीले यस्तो कठिन अवस्थामा पनि महासङ्घले तालिम उपलब्ध गराउन लागेकोमा खुशी व्यक्त गर्दैै यसले सरकार र महासङ्घ बीचको सहकार्यलाई थप उजागर गरेको बताए। साथै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
सो अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै प्रमुख भन्सार अधिकृत कर्ण प्रसाद तिमिल्सिनाले उक्त प्रशिक्षणको महत्व बारे प्रकाश पारेका थिए।
महासङ्घका अध्यक्ष रमेश महर्जनले आयात निर्यातसंग सम्बन्धित सरकारी निकायहरू सो सम्बन्धित क्षेत्रको पर्याप्त विज्ञ भइदिएमा व्यवसायीहरूलाई पनि सहज हुने बताए। भन्सार कार्यालय जस्तो Import को Entrance र Export को Exit को मुख्य नाकामा रहेको ठाउँमा यस किसिमको विज्ञताले आर्थिक वृद्धिलाई धेरै सहयोग पु¥याउने अपेक्षा गरिएको बताए।
साथै उनले व्यवसायीहरूसँग रहेको प्राविधिक ज्ञान नियामक निकायमा कार्यरत जनशक्तिका लागि शेयर गर्न पाएकोमा महासङ्घले आफ्नो एउटा जिम्मेवारी अन्तर्गत लिएको बताउँदै महासङ्घका प्रदेश र जिल्ला सङ्घ मार्फत यस कार्यलाई देशका अन्य आवश्यक स्थानहरूमा पनि विस्तार गर्न सकिने बताए। यसरी प्रशिक्षणको अवसर दिएकोमाा नेपाल सरकार, अर्थमन्त्रालय, भन्सार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रति आभार व्यक्त गरे।
सो अवसरमा महासङ्घका प्रथम उपाध्यक्ष रुद्ध बहादुर बराइलीले यस कार्यलाई एउटा उदाहरणीय सुरुवातको रुपमा लिनुपर्ने बताए।
तालिममा महासङ्घका केन्द्रिय कार्यसमिति सदस्य मीन बहादुर तामाङले सुनचाँदीका गहनाको एवं GIA Gemologist रिकेन महर्जनले हीरा तथा रत्न पत्थर परीक्षण सम्बन्धी प्राविधिक प्रशिक्षण दिनेछन्। यस तालिमबाट भन्सार चेक जाँचमा ठूलो सहयोग हुने पनि अपेक्षा राखिएको छ।