सुनचाँदी व्यवसाय सङ्कटमा परेपछि मजदूरले पेशा परिवर्तन गर्न थाले

“सुनको मूल्य आकाशिएपछि व्यवसायीले खरीद गर्न सकेका छैनन्”
दुई हप्तासम्म ग्राहक आएका छैनन्। पसल सफा गर्ने काम मात्र भइरहेको व्यवसायीको भनाइ छ। सुनको मूल्य आकाशिएपछि व्यवसायीले खरीद गर्न सकेका छैनन् भने ग्राहक पनि आउने गरेका छैनन्। गत चैत १० गते सुनको मूल्य प्रतितोला रु ७६ हजार थियो आज रु ९२ हजार पाँच सय छ। कारोवार नभएपछि व्यवसायी बैङ्कको ऋणको चिन्तामा छन् भने मजदूर काम नपाएर त्यसै घरमा बस्न बाध्य भएका छन्।
‘‘चार सय व्यवसायी र एक हजार मजदूर सङ्कटमा”
‘‘लकडाउन खुकुलो भए पनि हामीले व्यवसाय गर्ने वातावरण भएन’’, सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष देवहादुर सुनारले भने, ‘‘चार सय व्यवसायी र एक हजार मजदूर सङ्कटमा परेको अवस्था छ।’’ उनले काठमाडौँबाट सुन ल्याउन गाह्रो हुनाका साथै मूल्य पनि आकाशिएको बताए। ‘‘सुनचाँदी व्यवसाय सङ्कटमा छ, कसरी अघि बढ्ने भन्ने बारेमा सोच्न सकेका छैनौँ। मजदूर भोकभोकै छन्’’, अध्यक्ष सुनारले भने, ‘‘ यति बेला पहिले पुराना गहना किनबेच हुन्थ्यो, यतिबेला त्यो पनि ठप्प छ।’’
“आर्थिक समस्या हुँदा कतिपयले सुन बेच्न खोजे पनि बिक्री भएन्” 
“कतिपय मजदूरले पेशा परिवर्तन गर्न थाले”
अन्य सम्बन्धित समाचार:  निजी सवारीले भाडाका यात्रु बोकेको व्यवसायीको आरोप, सरकारलाई ज्ञापन