सप्तरीमा टयाक्टर दुर्घटनामा एक जनाको मृत्यु



 

सप्तरी। सप्तरीको राजगढ गाउँपालिका वडा नं ४ मा आज बिहान खेत जोत्ने क्रममा ट्रयाक्टर दुर्घटनामा परी एक जना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३० वर्षीय अनिल कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।  स.१. त ५८७६ नंम्वरको ट्रयाक्टर चलाएर खेत जोत्ने क्रममा च्यापिएर उनको मृत्यु भएको स्थानीय गजेन्द्र मण्डलले जानकारी दिए।