धनगढीमा थप तीन जनामा कोरोना पुष्टि



श्रवण देउवा, धनगढी।

सुदूरपश्चिममा थप तीन जनामा कोरोना पुष्टि भएको छ। धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा दुई हजार पाँच सय ३४ जना पुगेको छ।

धनगढी स्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा धनगढी ५ की ६० वर्षीया, कैलालीका ३६ वर्षीय पुरुष र बैतडीको दोगडा केदारका २० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए। पछिल्लो २४ घण्टामा ३४ जनाको मात्रै परिक्षण भएको छ।

अन्य सम्बन्धित समाचार:  थप १०८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १६,५३१