धनगढी प्रयोगशालामा शनिवार १० जनामा कोरोना पुष्टि

Prabhu Bank

Sagoon

डडेल्धुरा। सुदूरपश्चिममा शनिवार थप १० जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा ६ पुरुष र चार महिला गरी १० जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

Saftey Pads

डोटीका तीन, कञ्चनपुरका चार, धनगढी उप–महानगरपालिका–२ का १, बैतडीको दशरथचन्दका १ जना र अछामको चौरपाटी गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले बताए।

उनका अनुसार पछिल्लो २४ घण्टामा दुई सय १७ जनाको कोरोना परीक्षण भएको हो। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार पाँच सय ४५ पुगेको छ। संक्रमित मध्ये ८ जनाको मृत्यु भईसकेको छ भने पाँच सय ७२ जना डिस्चार्ज भएका छन।

अन्य सम्बन्धित समाचार:  विदेशमा कोरोनाबाट १९१ नेपालीको निधन
Maruti Cement