झुटो बोलेर घर पठाएको भन्दै अछाममा कोरोना सङ्क्रमित आन्दोलित 

Prabhu Bank

Sagoon

डडेल्धुरा। अछाममा क्वारेन्टाइनबाट घर गएका २९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित र सङ्क्रमितका आफन्तले गाउँपालिकामा प्रदर्शन गरेका छन्।

Saftey Pads

रिपोर्ट नआउँदै घर पठाएको भन्दै शनिबार सङ्क्रमित र सङ्क्रमितका आफन्तले गाउँपालिकामा प्रदर्शन गरेका हुन्। आफूहरूलाई रिपोर्ट नआउँदै घर पठाएर समुदायमा जोखिम बढाएको भन्दै उनीहरूले गाउँपालिका घेराउ गरेर प्रदर्शन गरेका हुन्।

आरडीटी पोजेटिभ देखिएपछि गाउँपालिकाका २९ जनाको स्वाब सङ्कलन गरेर पिसीआर परीक्षणका लागि असार ५ गते धनगढी पठाइएको थियो। शुक्रबार स्वास्थ्य मन्त्रालयले गाउँपालिकाका २९ जनामा कोरोना भाइरस पुष्टि भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो।

तर, असार १५ गते पीसीआर रिपोर्ट नेगेटिभ आएको भन्दै उनीहरू घर गएका थिए। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाका २९ जनामा घर गएपछि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो।

अन्य सम्बन्धित समाचार:  विष्णु पौडेलका सुरक्षा गार्डलाई कोरोना संक्रमण

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त रावलले सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै झुट बोल्दा उनीहरू क्वारेन्टाइनबाट घर गएका थिए। सबै सङ्क्रमितहरू डेढ महिनाअघि भारतबाट घर फर्किएका थिए।

स्वास्थ्य शाखा प्रमुख रावलले रिपोर्ट नआउँदै क्वारेन्टाइनमा बसेकालाई घर जान निर्देशन दिएको स्वीकार गरेका छन्। शुक्रबार २९ जना कोरोना सङ्क्रमित भेटिए पनि गाउँपालिका भने मौन बसेको छ।

गाउँगाउँमा कोरोना जोखिम बढ्दा पनि सङ्क्रमितहरू कहाँ छन भन्नेबारे गाउँपालिका बेखबर बनेको उनीहरूको आरोप छ। रावलले सङ्क्रमितहरू आफैं घरमा आइसोलेसनमा बसे पनि हुने र बस्न चाहेमा क्वारेन्टाइनमा पनि राखिने बताए। उनले सङ्क्रमितहरूलाई के गर्ने भन्नेबारे गाउँपालिकाको बैठक बसिरहेको बताए।

Maruti Cement