खोलाले बगाउँदा बैतडीमा एक महिलाको मृत्यु 

Prabhu Bank

Sagoon

बैतडी। बैतडीमा शनिबार खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। पुर्चौडी नगरपालिकास्थित जमाडी खोलाले बगाउँदा अन्दाजी ३५ बर्षीया महिलाको मृत्यु भएको हो।

Saftey Pads

मृतक महिलाको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। जमाडीखोलाले बगाएर ल्याएको अवस्थामा गिरीजाबगर भन्ने स्थानमा महिलाको शव फेला परेको हो। उनले भने, ‘मृत महिलालाई खोलाले बगाएर ल्याएको जस्तो छ’।

शनिबार मध्यान्ह स्थानीय बासिन्दाले खोला किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  मनमोहक घटालथान (फोटो फिचर)
Maruti Cement